राजसंस्था पुःनस्थापना असम्भवः कमल थापा

| चैत २१, २०७८ सोमबार

फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२१ चैत, रामेछाप । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष  कमल थापाले राजतन्त्र पुःनस्थापना असम्भ रहेको बताएका छन् । उनले राप्रपा नेपालले अब राजसंस्था पुःनस्थापनाको मुद्दा बोकेर नहिड्ने उनको भनाई छ ।  

 


रामेछापको सदरमुकाम मन्थलीमा पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजसंस्था फर्किनु पर्ने मुद्दा बोकेर लामो समय राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाको राजनीति गरेका थापाले यस्तो बताएका हुन् । उनले ‘यो मुद्दा बोहेर हिड्दा अरु मुद्दा पनि पछि पर्छ भनेर यो बाटो समाएको हुँ १५ वर्षकोसम्म हिडियो उपलब्धि भएन थापाले भने ।’

 

उनले थपे अहिलेको धारातलिय आधार र जनमानसको बिचारलाई बुझेर बाटो फेरे, १५ वर्षको राजनीतिक इतिहासलाई बुझेर यो मुद्दा छोडे । 


यो राजसंस्था पुःनस्थापना अब असम्भन जोस्तै भयो । तर, राजसंस्थाले गरेको योगदानको हामीसधै उच्च मूल्याङ्कन गर्दछौं । नयाँ पार्टी खोलेका थापाले आफ्नो पार्टीको एजेण्डा तोकतन्त्र, राष्ट्रियता र हिन्दू राज्य हुने जानकारी दिए ।