सम्मानजनक उपस्थितिको लागि एमालेसंग सहकार्यको कुरा चल्दैछ-अध्यक्ष थापा

| चैत २१, २०७८ सोमबार

कमल थापा,फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२१ चैत, रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग चुनावी गठनबन्धन गर्ने बारे प्ररम्भिक छलफल चलिरहेको बताएका छन् । राजसंस्था पुःनस्थापनाको मुद्दा बोकेर हिड्ने समय नभएकाले बाटो फेरेको उनको भनाई थियो । 


रामेछापको सदरमुकाम मन्थलीमा पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मन्थली आएका अध्यक्ष थापाले आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको ठूलो महत्व नरहेको स्पष्ट पार्दै सम्मानजनक उपस्थितिको लागि एमालेसंग प्रारम्भिक छलफल भैरहेको जानकारी दिए । ‘यो चुनावमा ठूलो उपलब्धिको रुपमा हामीले हेरेका छैनौं । पार्टीको सम्मानजनक उपस्थितिको लागि मुख्य गरेर एमालेसंग सहकार्यको लागि छलफल भैरहेको छ, थापाले भने ।’ 


पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले आफ्नो पार्टीको मुख्य ध्यान आउदो संसदीय चुनावमा केन्द्रित रहेको छ भने । राप्रपा नेपालले राजसंस्था पुःनस्थापनाको मुद्दा बोकेर नहिड्ने स्पष्ट पार्दै अध्यक्ष थापाले अब लोकतन्त्र, राष्ट्रियता र हिन्दू राज्यको एजेण्डा अगाडि सारेको बताए । 

 

उनले राजसंस्थाले खेलेको भूमिकाको आफूसधै उच्च मूल्याङ्कन गर्ने भन्दै गत अधिवेशनमा निर्मल निवासकै हस्ताक्षपले मुद्दा कमजोर बनाएको जिकिर गरे । उनले राप्रपाले पनि १५ वर्षको एजेण्डा बोकेको स्मरण गर्दै अब त्यो बलेजस्तो छैन भने । 

 

थापाले स्थानीय निर्वाचन हुनु खुसीको कुरा भएको उल्लेख गर्दै यसलाई सफल पार्नु पर्नेमा जोड् दिए ।

 

थापाले भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै भ्रमण सफल रहेपनि कुन सन्दर्भमा भन्ने हुन्छ तर, सिमा विवाद, विभिन्न प्रतिबेदनहरु, नीतिगत रुपमा नहुँदा प्रशंसा योग्न भने देखिदैन भने । एउटा वक्तब्य जारी भएको छैन् । 

 

प्रधानमन्त्रीले कुरा उठाउने कुरा भयो । तर, समाधान, हल भएको सुनिए पूर्वप्ररराष्ट्र मन्त्री समेत रहेका थापाले भने ।