कांग्रेस पदाधिकारी बैठक बस्दैः प्रवक्ता बोगटी भन्छन ‘गठबन्धन बारे निर्णय हुन्छ, दलहरुसंग छलफलमा छौं’

| चैत २२, २०७८ मंगलबार

मुख्य गठबन्धन दलका नेता, पूर्णबहादुर तामाङ् 'कान्छाराम' कांग्रेस, श्यामकुमार श्रेष्ठ माओवादी, रमेशकुमार बस्नेत एकिकृत समाजवादी ।
A A A
A A A

२२ चैत, रामेछाप । नेपाली कांग्रेस रामेछापको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय वीपी स्मृति भवन मन्थलीमा बिहान ११ बजेको लागि डाकिएको बैठकमा गठबन्धन बारे छलफल गर्ने तयारी रहेको प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘पदाधिकारी बैठक बस्दैछ, आजको बैठकले विशेषगरि गठबन्धन गरेर जानेकी कि ? के गर्ने भन्ने बारे छलफल गरेर निर्णय गर्ने तयारी छ, प्रवकता बोगटीले भने ।’

 

केन्द्रमा गठबन्धन गरेर जाने सहमती भैसकेका पार्टी विशेष गरेर जिल्लामा तीन दल मुख्य गठबन्धनमा देखिन्छन् । नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी पार्टी गठबन्धन गर्न छलफलमा रहेको बोगटीले जानकारी दिए । ‘हामी छलफलमै छौं । केही चरणका छलफल औपचारिक-अनौपचारिक भईरहेका छन्, निर्णय/टुङ्गोमा पुगेका छैनौं । आजको बैठकले पार्टीले के गर्ने भन्ने बारे आधिकारीकता दिने छ, बोगटीले भने । 

 

कांग्रेसभित्र पनि गठबन्धन गर्ने कि, नगर्ने भन्ने बारे विवाद् रहेको चार्चा छ । यसले पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

 

यता माओवादी केन्द्र रामेछाप भने गठबन्धनको पक्षमा खुलेरै लागेको स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो ।  ‘हामी गठबन्ध गरेर जानु पर्छ, विशेष गरि कांग्रेस माओवादी निर्णयक  हुन्, एकिकृत समाजवादी–माओवादीले मात्रै गठबन्धन गरेर पनि ठिक हुदैन, कांग्रेस–एकिकृत समाजवादीले मात्रै गरे पनि जित्नन्, त्यसैले हामी मिल्नु आजको आवश्यकता हो माओवादी स्रोत भन्छन ।’

 

तर, गठबन्धको कुरा नटुङ्गिएकाले पनि स्थानीय निर्वाचन थप जटिल बनेको नेताहरु बताउछन् ।