बिजुलीकोटको वडा अध्यक्षमा कांग्रेसबाट दीपक पुलामी मगर एकल उम्मेद्वार

| चैत २३, २०७८ बुधबार

दीपक पुलामी मगर ।
A A A
A A A

२३ चैत, रामेछाप । नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका वडा ४ बिजुलीकोटमा नेपाली कांग्रेसले आफ्नो उम्मेद्वार सर्वसहमितिमै टुङ्गो लगाएको छ । 

 

गत सोमबार बसेको पार्टीको वडा कार्यसमिति बैठकले वडा ईकाइका सभापति समेत रहेका दीपक पुलामी मगरलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको इकाई सचिव बिष्णु बि.कले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार कार्यकर्ता माझ निकै रुचाईएका मगरलाई वडा अध्यक्ष उम्मेद्वार बनाईएको हो । ०७४ मा त्यहाँ लिलाबहादुर बस्नेत बिजयी भएका थिए । 

 

एमालेबाट बिजयी भएका बस्नेतले जनचहाना अनुसार काम गर्न नसकेको कांग्रेसको ठहर छ । 

 

पछिल्लो समय रामेछापमा कांग्रेसले युवाहरुलाई वडा अध्यक्ष उम्मेद्वार बनाउन अगाडि सारेको  छ । सोही विधिअनुसार धमाधम वडा अध्यक्षको उम्मेद्वार टुङ्गो पनि लगाउन थालेको छ । 

 

उता नेकपा एमालेले पनि पार्टीबाट युवा नेताहरुलाई वडा अध्यक्षको लागि उम्मेद्वार अगाडि सारेको छ । 

 

बिजुलीकोटमा कांग्रेसले दलितसहित अन्य खुल्ला सदस्यमा केही दिनमा छलफल गरेर उम्मेद्वार टुङ्ग्याउने तयारीमा जुटेको सचिव बि.कले जानकारी दिए । 

 

त्यस्तै वडा कार्यसमितिले वडाबाट तीन जना पालिका उपाध्यक्षको लागि इश्वरी कार्की, शुशीला बुढाथोकी र ज्योती सुनुवारलाई उम्मेद्वार बनाउन पनि सिफारिस गरेको छ ।