कांग्रेस पदाधिकारी बैठकः ८० % गठबन्धनको पक्षमा, वार्ताको लागि तीन सदस्यीय समिति गठन

| चैत २३, २०७८ बुधबार

A A A
A A A

२३ चैत, रामेछाप  । नेपाली कांग्रेस रामेछापका बहुमत सदस्यले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने पक्षमा धारणा राखेका छन् ।


 
मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा बोल्दे धेरै जोस सदस्यहरुले गठबन्धन गरेर जानु अहिलेको लागि राम्रो हुने धारणा सार्वजनिक भएको कांग्रेस प्रवक्ता नारायण बोगटीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनले भने ‘धेरै जसो वक्ताले गठबन्धन् गरेर जानु पर्ने पक्षमै बोल्नु भएको छ । तर, विगतमा अन्य राजनीतिक दलहरुले गठबन्धन गर्दा गरेका धोका र गल्तिलाई सुधार्नु पर्ने कुरा उठ्यो । केही साथिहरु एक्लै चुनाव लड्नु पर्ने धाराण पनि राखनु भएको छ । लगबग ८० प्रतिशत गठबन्धनको पक्षमा देखिनु भयो । ’


 
कांग्रेसको पदाधिकारी बैठकले कुनै निर्णय नगरेको जानकारी दिँदै पदाधिकारी बैठकले आउदो २७ गतेसम्म लगाएर मात्रै पूर्ण निष्कर्षमा पुग्न सक्ने प्रवक्ता बोगटीले जानकारी दिए ।

 

हिजो बसेको बैठकले गठबन्धन गरेर जानेकि ? के गर्ने भन्नेबारे छलफल गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जसमा पार्टी सभापति पूर्णबहादुर तामाङ् ‘कान्छारा’,उपसभापति लेखबहादुर कार्की र सचिव बिनोद कार्की समितिमा छन् । यो समितिले आजैदेखि गठबन्धन गर्ने कि ? के गर्ने भन्नेबारे विपक्षी नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीसहित अन्य पार्टीसंग छलफल गर्ने प्रवक्ता बोगटीले जानकारी दिए । 'आज पनि छलफल हुदैछ ।'

 


हिजोको बैठकले केन्द्रबाट पनि सर्कुलर तत्काल उम्मेद्वार र गठबन्धन बारे निर्णय नगर्नु भनेर आएकाले सोही अनुसार छलफल भएको बोगटीले जानकारी दिए ।