म्यादी प्रहरीः रामेछाप ९२६ जनाले रोजगारी पाए (सूची सहित)

| चैत २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ चैत, रामेछाप । रामेछापमा आसन्न स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि ‘म्यादी प्रहरी’ मा ९ सय बढिले दुई महिनाको लागि रोजगारी पाएका छन् । 

 

गत चैत्र २ गते प्रकाशित सूचना अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापमा दरखास्त दिई विभिन्न मितिमा संचालित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तरवार्तामा सहभागी भएकाहरूको प्राप्ताङ्कको आधारमा मंगलबार योग्यताक्रमानुसार ९२६ जना उत्तीर्ण भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

जसमा २ सय ४३ जना महिला र ६ सय ६८ जना पुरुष रहेका छन् । भने १७३ जना वैकल्पिक उम्मेदवारहरूको सूचीमा परेका छन् ।  

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले दिएको जानकारी अनुसार उत्तीर्ण उम्मेदवारको सूचीमा परेकाहरूमध्ये कोही नियुक्ति पत्र बुझ्न नआएमा वा हालको लागि तोकिएको संख्या भन्दा बढी संख्यामा म्यादी प्रहरी नियुक्त गर्नुपरेमा वैकल्पिक सूचीमा परेकाहरूलाई वरियताक्रम अनुसार बोलाई नियमानुसार नियुक्ति प्रदान गरिने जानकारी दिए । 


सरकारले आउदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको लागि एक लाख म्यादी प्रहरी मागेको छ । उनीहरुले लगबग २ महिना काम पाउने छन् । 

 

सरकारले निर्धारण गरे अनुसारको सेवा सुविधा पाउने सूचनामा उल्लेख छ । 

हेर्नुहोस् पूरा विवरण ।