कांग्रेस सुनापतिको पार्टीलाई सुझाव ‘संगठन बलियो छ, गठबन्धन भए जनताले कांग्रेसलाई भोट हाल्दैनन्, एकलै चुनाव लड्नुपर्छ’

| चैत २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ चैत, रामेछाप । नेपाली कांग्रेस सुनापति गाउँपालिकाले पालिकाभित्र पार्टीको संगठन बलियो रहेको भन्दै गठबन्धनको पक्षमा नरहेको पत्र जिल्ला पार्टीलाई बुझाएको छ । गठबन्धन भएमा कांग्रेसलाई जनताले भोट नदीने जनआवज सुनिएको पत्रमा भनिएको छ । 

 

जिल्लाबाट पालिकाको संगठनको अस्था के ? छ भनेर सोधेको पत्रको जवाफमा पालिका सभापति जनककुमार खड्काले  ‘२०७४ को आमनिर्वाचनको मतपरिमाण हेर्दा नेकपा (माओवादी केन्द्र) पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेको उल्लेख उक्त निर्वाचनलाई आधार मान्दा कांग्रेस सुनापतिको हकमा दोस्रो स्थानमा भए तापनि अहिलेको सांगठनिक अवस्था हेर्दा पहिलो हो’ भनेका छन् । 

 

त्यस्तै नेपाली कांग्रेसभित्र घात–अन्तर्घात नगरी सबै एक भएर दत्तचित्तका साथ लागि परेको खण्डमा काँग्रेसको जित निश्चित छ, पत्रमा लेखिएको छ । 

 

साथै उक्त पत्रमा पालिकामा गठबन्धनको कुरामा सहमति नरहेको उल्लेख गर्दै गठबन्धन भएमा जनताले कांग्रेसलाई भोट नदिने कुरा आएको प्रष्ट रहेको समेत उल्लेख गरिएको छ । 

 

हाल रामेछापमा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने तयारीमा पार्टीहरु जुटेका छन् । यस्तोे बेला सुनापतिले भने गठबन्धन बिनै चुनाव लड्नु पर्ने अडान देखाएको हो । 

सुनापति गाउँकार्यपालिकाले बुझाएको पत्र हेर्नुहोस् । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार