खाँडादेवी ७ मा माओवादीबाट योञ्जनको वडा अध्यक्षमा दाबी

| चैत २३, २०७८ बुधबार

सुनिल योञ्जन ।
A A A
A A A

२३ चैत, रामेछाप । नेकपा (माओवादी केन्द्र) खाडाँदेवी गाउँपालिका वडा नं ७ खाडाँदेवीले वडा अध्यक्षको उम्मेद्वार टुङ्गो लगाएको छ । जसअनुसार खाडाँदेवी गाउँपालिका वडा नं ७ खाडाँदेवीको अध्यक्षमा सुनिल योञ्जन उम्मेद्वार बन्ने भएका छन् । 

 

अनेरास्ववियु क्रान्तिकारी काठमाडौँ सह–सचिव समेत रहेका योञ्जन अध्यक्षमा उम्मेद्वार भएका छन् । उनी विभिन्न समयमा अखिल क्रान्तिकारी राजनितिबाट उदाएका नेता हुन् । साथै उनी बाग्मती प्रदेश उपत्यकाका विशेष समिति सदस्य बनेका थिए । 

 

उनले आफू खाडाँदेवीको वडा अध्यक्ष भए वडालाई शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटकीय, युवा लक्षित कार्यक्रम सहित सामाजिक सुरक्षामय बनाउने रामेछाप टाइम्सलाई बताए । उनले भने ‘आगामी निर्वाचनमा युवाहरु प्रयोगमा होइन नेतृत्वमा आवश्यक छ त्यस्तैले मेरो दाबी कुनै हालतमा पछि हट्दिन ।’

 

केही दिन अगाडि बसेको पार्टीको वडा कार्यसमितिले योञ्जनसहित ११ जनाको नाम वडा अध्यक्षको लागि सिफारिस गरेको थियो । आफू कुनै पनि हालतमा पछि नहट्ने योञ्जनले रामेछाप टाइम्ससंग बताए ।