बालिकालाई २१ घण्टा बाँधेर कुटपिट् गर्ने श्रेष्ठका तीनै जनालाई एक लाख ३५ हजार धरौटीमा छाड्न अदालतको आदेश

| चैत २३, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२३ चैत, रामेछाप । गत चैत १ गते घर भित्र पसेर दही चोरेर खाएको निहुँमा २१ घण्टासम्म घरको थाममा बाँधेर कुटपिट् गर्ने शेरबहादुर श्रेष्ठको परिवार धरौटीमा छुटेका छन् । पटक पटकको म्याद् थप गर्दै अनुसन्धान पछि बुधबार आज जिल्ला अदालत रामेछापले मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका श्रेष्ठ,श्रेष्ठकी श्रीमती र छोरालाई नगद धरौटीमा छाड्ने आदेश दिएको जिल्ला प्रहरी कार्याल रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘तीनै जनालाई आज धरौटीमा छाड्न अदालतले आदेश दिएको छ, डिएसपी थिङले भने ।’ 

 


श्रेष्ठले सानो जातको मानिस भएर आफ्नो घरभित्र पसी दही चोरेर खाएको आरोप लगाउदै छिमेकी १२ वर्षीय बालिकालाई २१ घण्टासम्म बाँधेर कुट्पिट गर्नुका साथै सिस्नु पानी लगाएका थिए । लगत्तै श्रेष्ठलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । 

 

श्रेष्ठलाई नियन्त्रणमा लिएर शरिरबन्धक तथा जातिय छुवाछुत मुद्दामा मुद्दा दर्ता गरि अनुसन्धान भएको थियो । सो मुद्दामा उनलाई आज ५०–५० हजार धरौटीमा छाडिएको हो । 

 

त्यस्तै उनकी श्रीमतीलाई पनि घटनामा संलग्न रहेको ठहर गर्दै जातीय छुवाछुत मुद्दामा नगद २५ हजार र छोरालाई पनि सोही मुद्दामा नगद १० हजार धरौटीमा छाड्ना आदेश भएको डिएसपी थिङ्ले रामेछाप टाइम्सलाई बताए । 

 


बालिकालाई २१ घण्टा बाँधेर कुटपीट गरेको घटनाल अमानवीय भएको भन्दै राष्ट्रिय दलित आयोगसहित विभिन्न संघसंस्थाले गम्भीरताको साथ अनुसन्धान गर्न आग्रह गरेका थिए ।