देउरालीमा नेविसंघबाट उदाएका बख्रेल र श्रेष्ठ वडा अध्यक्षको लागि सिफारिस

| चैत २४, २०७८ बिहिबार

A A A
A A A

२४ चैत,रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट उदाएका दुई युवा नेता वडा अध्यक्षको लागि उम्मेद्वार बन्न सिफारिस भएका छन् । 

 

केही दिन अगाडि बसेको कांग्रेस वडा कार्यासमिति बैठकले नेविसंघका जिल्ला उपाध्यक्ष समेत रहेका शुशिलहारि बख्रेल र जिल्ला कार्यसमिति सदस्य सरोज श्रेष्ठलाई वडा अध्यक्षको उम्मेद्वारको लागि सिफारिस गरेको श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘हामी नेविसंघबाट राजनीति सुरु गर्यौं । वडाले अध्यक्षको लागि नाम सिफारिस गरेको छ । यो सिंगो नेविसंघको लागि गौरवको कुरा हो ।’

 

बख्रेल गत निर्वाचनमा पनि  वडा कार्यसमितिमा निर्वाचित भएका थिए । यो पटक वडा अध्यक्षमा उठ्ने उनले बताए । वडामा नेविसंघका २ जनासहित अन्य दुई जना गरि पार्टीका ४ जना वडा अध्यक्षको आकांक्षी देखिएको र उनीहरुलाई अध्यक्षको लागि सिफारिस गरिएको वडा कार्यसमितिले जनाएको छ।   

 

गत निर्वाचनमा निरबहादुर श्रेष्ठ माओवादीबाट बिजयी भएको सो वडामा विकास निर्माणको काम हुन नसकेको कांग्रेसको दाबी छ । 

 

उसले खानेपानी, सडक, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगाएत नागरिकसंग जोडिएका आधारभूत क्षेत्रमा काम नभएको जिकिर गरेको छ । सोही कुरालाई ध्यानमा राख्दै कांग्रेसले आसन्न निर्वाचनबाट आफ्नो नेतृत्वमा वडालाई यी सबै पक्षको एकतृत गरि विकास गर्ने पार्टीको निष्कर्ष रहेको वडा अध्यक्षको दाबेदार श्रेष्ठले बताए  ।