टाइफाइड बिरुद्धको खोप अभियानः जिल्लामा दुई चरणमा, ४४ हजार बढी बालबालिका लाभान्वित हुने

| चैत २५, २०७८ शुक्रबार

जिल्ला प्रशासन कार्यालय रामेछापमा खोप अभियान बारे जानकारी, तस्विरः मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

२५ चैत, रामेछाप । आज शुक्रबारदेखि रामेछापसहित देशैभरी टाइफाइड बिरुद्धको खोप लगाईदै छ । हिजो बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले रानीपोखरीस्थित दरबार हाइस्कुलमा एक कार्यक्रमकाबीच  अभियानको शुभारम्भ गरेका थिए । भने जिल्ला जिल्लामा जिल्लामा सम्बन्धित निकायले सचेतना तथा अभियानको बारेमा औपचारिक जानकारी गराएका थिए । 

 


अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख सरकारको भनाई छ । 


यता रामेछापमा दुई चरण गरेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले बिहिबार अभियान बारे जानकारी गरदै भनेको छ । जसअनुसार उमाकुण्ड, गोकुलगंगा, सुनापति र दोरम्ब शैलुङ् गाउँपालिकामा यहि चैत ३० गतेदेखि आउँदो वैशाख ४ गतेसम्म पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी गराए । दोस्रो चरणमा वैशाख ६ गतेदेखि ९ गतेसम्म दुई नगरपालिका र दुई गाउँपालिकामा संचालन हुने छ । 


जसमा ४४ हजार भन्दा बढी बालबालिकालाई यो खोप लगाईने तयारी रहेको उनले बताए । प्रमुख शाहले जिल्लाका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप दिईने छ भने । जसको लागि दुई सय ९० खोप केन्द्र तोकिएको छ ।

 

त्यसको लागि सबै तयारी पूरा भएको र टाइफाइड्ले पार्दै आएको समस्यालाई निराकरण गर्न अभियान गर्न लागेको जानकारी दिए ।  उनले यो अभियानलाई सफल पार्न जिल्लाबासीमा आग्रह गरे ।