संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रेष्ठको रामेछापका प्रशासकिय तथा कर्मचारीसंग भेटः कर्मचारीहरुको ‘आक्रोशै-आक्रोश’ (फोटोफिचर)

| चैत २५, २०७८ शुक्रबार

A A A
A A A

२५ चैत, रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले रामेछापका कार्यालय प्रमुखहरुसंग भेटघाट तथा सुझाव लिएका छन् । सो भेटमा कर्मचारीहरुले भने कर्मचारीको सेवा तथा सुविधामा एक रुपता नभएको भन्दै आक्रोश पोखेका छन् । 

 

गत बिहिबार सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको कार्यालयमा जिल्लाका आठै वटा स्थानीय तहका कार्यालय प्रमुखहरुसंग मन्त्री श्रेष्ठले भेट गर्दै प्रशासनिक÷कार्यालय संचालनमा भएका समस्याहरुलाई सुझावको लिएका हुन् । उनले सो अवसरमा देश निर्वाचनमा होमि सकेकाले तत्कालको लागि कर्मचारी सरुवा वडुवा रोकिएको स्पष्ट पारे । 

 

एकिकृत समाजवादीका नेता समेत रहेका श्रेष्ठ ओखलढुङ्गाको खिजी देम्बामा चुनावी अभियान सकेर काठमाडौं फर्किदा यहाँका प्रशासकियहरुसंग भेट गर्दै प्रशासनिक क्षेत्रमा भएका समस्याहरुलाई सुझावको रुपमा बुझ्न खोजेको प्रष्ट्याए । उनले प्रशासनिक क्षेत्रमा अझैपनि तमाम् समस्याहरु रहेको भन्दै चाँडैनै आध्यादेश मार्फत नयाँ नीति आउन लागेको जानकारी गराए । 

 

मन्त्री श्रेष्ठले कर्मचारीहरुको पनि निजामती कर्मचारीहरुको मनोवल कम्जोर देखिएको भन्दै सेवा सुविधामा नयाँ कानुनले थप गर्ने आश्वसन दिए । सो अवसरमा कर्मचारीहरुले ८० हजार कर्मचारी सरुवा÷बढुवा मर्यादा विपरित तरिकाले भएको भन्दै आक्रोश पोखेका थिए । 

 

साथै त्यस्ता गतिविधि रोक्न माग गरे । ‘स्थानीय तहमा दुई दिन आउने जनप्रतिनिधिले तह भन्दा तल्लो र माथिल्लो पद दिएर कर्मचारीहरुलाई गिराउने, काम गर्ने मनस्थिति कम्जोर बनाउने काम गर्न थालेका छन् भने । 

 

‘यस्ता खाले गतिविधिले कर्मचारीको मनोवल घटाउने काम गरेको छ एक कर्मचारी संगठनका प्रमुख दामोदर भण्डारीले भने।’ उनले केही दिन अगाडि गण्डकी प्रदेशका मन्त्रीबाटै कर्मचारी कुटिएको स्मरण गराउदै त्यस्ता गतिविधि प्रति आपत्ति जनाए । र, कारबाहीको दायरामा ल्याउन माग गरे ।

 

त्यस्तै निजामती कर्मचारी संगठन रामेछापले तयार पारेको १६ बुँदे ध्यानाकर्ष पत्र सचिव बेदराज काफ्लेले मन्त्री श्रेष्ठलाई बुझाएका थिए । 

 

विगतमा जिल्ला विकासमा काम गर्दै आएका र समायोजन पछि नगर तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरुको अहिले अभिभावन विहिन भएको भन्दै आफ्ना समस्या र माग गर्ने कुनै थलो नभएको गुनासोसहितको आक्रोश कर्मचारी गोबिन्द कट्टेलले पोखे । 

तस्विर मिलन घिमिरे (बि.क)/रामेछाप टाइम्स