मन्थलीमा दुई दिने साना होटल तथा लज व्यवस्थापन तालिम सुरु

| बैशाख २१, २०७९ बुधबार

A A A
A A A

२५ चैत,रामेछाप । रामेछापमा दुई दिने साना होटल तथा लज व्यवस्थापन तालिम आजदेखि मन्थली सुरु भएको छ । नेपाल पयर्टन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालको आयोजना, होटल व्यवसायी संघ नेपाल बागमती प्रदेशको संयोजन र रामेछाप होटल तथा पर्यटन व्यवसायी संघको सहकार्यमा मन्थली नगरपालिकाको कार्यालयमा होटल व्यवसायलाई कसरी पूर्ण व्यवस्थित गर्न सकिन्छ भन्ने तालिम सुरु भएको हो ।

तालिममा सूर्य किरण श्रेष्ठ, जित श्रेष्ठ, सुमन श्रेष्ठले जिल्ला सदरमुकाम मन्थलीमा व्यवसायीक होटल व्यवसायी गर्दै आएकाहरुलाई थप गुणस्तरिय, ग्रहक मैत्री, व्यवस्थिति, आधुनिक र सुविधा सम्पन्न बनाउन सकिन्छ भन्ने बारेमा सिकाउने प्रदेश व्यवसायीसंघका महासचिव उज्जवाल प्रसाद सुवेदीले बताए । 

 


उनले यो तालिम सातै प्रदेशका विभिन्न मुख्य सहर तथा बजारहरुमा संचालन भैरहेको जानकारी दिदै ८० हजार होटल व्यवसायीहरुलाई यो तालिम दिइरहेको जानकारी गराए । तालिममा व्यवसाय संचालन देखि कानूनी रुपमा कसरी पारदर्शी बन्ने, समयमा कर तिर्ने, होटल संचालन गर्दा दर्ता कहिले र कसरी गर्नेसहित कानूनी तथा आवश्यक प्राविधिक जानकारी दिने आयोजकको तयारी रहेको बताइएको छ ।