सुनारपानीमा टिफर र मोटरसाइकल ठोकिदाँ दुई जना घाइतेः एकको अवस्था गम्भीर

| चैत २९, २०७८ मंगलबार

तस्विर नवीन कार्की ।
A A A
A A A

२९ चैत,रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा टिफर र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । दुर्घटनामा परेका एकको अवस्था गम्भीर रहेको छ ।

 

घाइतेको उद्दार गरि तामाकोशी अस्पताल मन्थलीमा उपचार भैरहेको छ । बागमती प्रदेश ०१–३०३ क ८७०७ नम्बरको टिफर र बा ७० प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा गेलु लहरेपानीका राजेन्द्र बुढाथोकी गम्भीर घाइते भएको घटना स्थलबाट एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य नवीन कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार दुर्घटनामा लिखु गाउँपालिकाको सिंहदेविका प्रभुराम कटुवाल पनि घाइते भएका छन् । 

 

दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन् । दुर्घटनामा परेका दुवैको उपचार भैरहेको छ । 

तस्विर