कांग्रेस खिम्तीका उम्मेद्वार भन्छन् ‘जनता कांग्रेसलाई भोट हाल्ने दिनको प्रतिक्षामा छन्, जित सुनिश्चित छ’

| बैशाख २१, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२१ वैशाख,रामेछाप । नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका वडा अध्यक्षका उम्मेद्वार भुवन कुमार कार्कीले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

 

मंगलबार रामेछाप टाइम्ससंग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष पदका उम्मेद्वार कार्कीले खिम्तीलाई समृद्ध बनाउन, गाउँपालिकाको केन्द्रसम्म पक्की सडकको पहुँचमा जोड्न, पार्टी मात्र नभई आम नागरिकको जनप्रतिनिधि बन्न, स्थानीय विकासका लागि युवा तथा महिलालाई प्राथामिकता दिन, जेष्ठ नागरिकलाई घरसम्मको स्वास्थ परीक्षणको व्यवस्था र धार्मिक तथा तीर्थ यात्रा निःशुल्क गराउने सहित लोकप्रिय र नागरिक मैत्री प्रतिबद्धतासहित चुनावी माहोलमा होमिएका कार्कीले खिम्तीका जनताले कांग्रेसलाई भोट हाल्ने दिनको प्रतिक्षामा बसेको बताएका हुन् । 

 


कांग्रेसका पुराना नेता मानिने कार्कीले यहाँको भूगोलसहित सबै पक्ष बुझेको जिकिर गर्दै पर्यटकीय स्थलको अनुगमन र सर्वेक्षण गरी वडाको परिचयात्मक बनाउने, रोजगारीको अवसर सिर्जना गराउने, कृषी क्षेत्रलाई आधुनिकीकरणका साथै व्यवसायीक बनाउने, वडाको सबै क्षेत्रमा सूचना तथा सञ्चारको विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । 

उम्मेद्वार कार्कीको घोषणा पत्र हेर्नुहोस्