रामेछाप प्रहरी प्रवक्तामा राजुप्रसाद ढकाल

| बैशाख २१, २०७९ बुधबार

तस्विर जिल्ला प्रहरी कार्यालयबाट प्राप्त ।
A A A
A A A

२१ वैशाख, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी राजुप्रसाद ढकाललाई दिएको छ ।

 

गत मंगलबारदेखि जिल्ला प्रहरी कार्यालय रामेछापले प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी ढकाललाई तोकेको जनाएको हो ।

 

जिल्लामा घट्ने सबै घटनाहरु अधिकारीक रुपमा संचारमाध्यम वा अन्य कुनै पनि प्रायोजनको लागि अधिकारीक रुपमा दिन वा लिनको लागि ढकाललाई जिम्मेवारी दिएको जिल्ला प्रहरीले जानकारी गराएको छ ।

 

यसअगाडिका सूचना अधिकारीको जिम्मेवारी निर्वाह गर्दै आएका श्रीशंकर श्रेष्ठको सरुवा भएपछि ढकाल उनको ठाउँमा आएका थिए । प्रहरी समक्ष पुगेका कुनै पनि जानकारी आधिकारीक र व्यवस्थित रुपमा प्रवाह गर्ने योजना रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार थिङ्ले बताए ।

यसरी माग्न सकिने छु सूचना रामेछाप प्रहरीसंग ।