रामेछापमा मतपरिणाम घोषणा नहुँदासम्म मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

| बैशाख २५, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

२५ वैशाख,रामेछाप । रामेछाप जिल्लामा आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि मादक पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध गरिएको छ ।

 

आज आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक पत्रसार्वनिक गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित बनाउने उद्देश्यले मादक पदार्थ बिक्री बितरणमा रोक लगाएको जनाएको छ ।

 

आउदो मंगलबार राती १२ : ०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभहुँदासम्मको लागि मादक पदार्थको पूर्ण रुपमा बिक्री वितरण तथा सेवनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

जारी सूचनामा कोही कसैबाट उक्त कार्य भएरगरेको पाईएमा अवैध मदिरा नष्ट गरी प्रचलित कानून बमोजिम कार्वाही हुने गरिनेछ भनिएको छ । स्थानीय तहको निर्वाचन आउन अब ५ दिनमात्रै बाँकि छ । 

सूचना हेर्नुहोस्