चुनाव जिताउनु भयो भने ‘गुम्देलमा ५ वर्ष निःशुल्क बिजुली बल्छौं, ‘सिटी स्क्यान’ सहितको अस्पताल बनाउछौं’ – कटुवाल

| बैशाख २६, २०७९ सोमबार

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

२६ वैशाख, रामेछाप । नेपाली कांग्रेस पार्टीबाट उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेद्वार जितबहादुर कटुवालले आफूले चुनाव जिते वडा नं १ गुम्देलमा ५ वर्ष निःशुल्क बिजुली बत्ती बालिदिने घोषणा गरेका छन् । उनले कांग्रेसलाई वडा तहदेखि पालिकासम्म भोट गरेर जिताईदिनुस् म, चुनाव जितेपछि यहाँ ५ वर्ष एक रुपैयाँ पैसा बिनै बत्ती बालिदिन्छौं भने ।

गत शुक्रबार गुम्देलमा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका पालिअध्यक्षका उम्मेद्वार कटुवालले पहिलेका जनप्रतिनिधिले ५ वर्षसम्म अलपत्र पारेर छाडेको राष्ट्रिय प्रसारणको लाइनलाई बनाएर चुनाव जितेलगतै बत्ति बाल्ने आश्वासन दिदै ५ वर्ष निःशुल्क बिजुली बालिदिने उद्घोष गरेका हुन् । 

हाल गुम्देलमा १० किलो वाडको बिजुली बत्ती साविकको वडा नं १ क्यामा र वडा नं ४ खलडाँडा,धुपी, बाल्दीङ्, बसपार्क ‘एरिया’ मा आलोपालो प्रणाली आप्नाएर बिजुली बालिदै आएको छ । यसरी त्यहाँका स्थानीयहरु अहिले पनि बत्ती मुनीको अध्यारोमा बस्न बाध्य छन् । ताकि गुम्देल वडामा ठूला ठूला जलविधुत आयोजनाहरु निर्माणको चरणमा छन् भने केही राष्ट्रिय प्रसारण लाईनमा जोडिएर विधुत उत्पादन गर्दै आएका छन् । तर, गुम्देलका स्थानीयहरु भने सम्बन्धित निकायको लाचारी पनले टुकिबत्तिको भरमा बस्न बाध्य छन् । 

त्यस्तै पालिका अध्यक्ष पदका उम्मेद्वार कटुवालले स्वास्थ्य सेवालाई ध्यानमा राख्दै वडा नं २ बाम्तिमा रहेको बाम्ती अस्पताललाई स्तरउन्नती गरि सिटी स्क्यान मेसिनसहितको अस्पताल संचालनमा ल्याउने प्रतिबद्धता जनाए । उनले गुम्देलमा रहेको प्राथामिक स्वास्थ्य चौकीलाई पनि सुबिधा सम्पन्न बनाउछु भने ।  पालिकाभित्र दुईवाट सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना सुनाए । 

सावित्री सुनुवार उपप्रमुख पदकी उम्मेद्वार

उनले गुम्देलदेखि गाउँपालिका र जिल्ला सदरमुकाम जोड्न सडकलाई १२ महिना सवारी चल्न सक्ने बनाउछु भने । गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले नीतिगत भ्रष्ट्रचार उल्लेख गर्दै कांग्रेसको सरकार बनाएर भ्रष्ट्रचार मुक्त बनाउन आप मतदातामा आग्रह गरे । 

ङापेम्वा शेर्पा, वडा अध्यक्ष पदका उम्मेद्वार ।

त्यस्तै उपप्रमुखकी उम्मेद्वार सावित्री सुनुवारले पनि भ्रष्ट्रचार मुक्त पालिकानै आजको आवश्यकता भएकोमा जोड् दिइन् । उनले आफू सामाजिक काममा बिझेको अनुभव सुनाउदै सेवा गर्नको लागि एक पटक आफूलाई भोट दिएर जिताइदिन मतदातामा आग्रह गरिन् । 

चुनावी प्रचार प्रसार तिब्र पारेका उनीहरुले गुप्तेश्वर हुँदै पालिकाका ५ वडामा घरदैलो कार्यक्रम सकेका छन् ।