कांग्रेस गुम्देलका युवा उम्मेद्वार शेर्पा भन्छन् ‘रुखमा भोट दिएर गाउँको विकास गर्ने मौका दिनुस्’ हाम्रो जित सुनिश्चित भैसक्यो

| बैशाख २६, २०७९ सोमबार

A A A
A A A

२६ वैशाख, रामेछाप । नेपाली कांग्रेसबाट उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको वडा अध्यक्षका उम्मेद्वार ङापेम्बा शेर्पाले युवालाई भोट दिएर गाउँको विकास गर्ने अवसर/मौका दिन वडा बासी आममतदाताम आग्रह गरेका छन । उनले भने ‘२५ वर्षे युवालाई रुखमा भोट दिएर जिताइ दिनुहोला मैले तपाईहरु समक्ष गरेको बाचामा धोका दिने छैन् । बोलेको कुरा पूरा गर्ने छु । वडामा समग्र विकासको लागि दिनरात खट्नेछौं ।’ 

 

गुम्देलको साविकको वडा नं ४ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै २५ वर्षे युवा समाजसेवी छबी बनाएका शेर्पाले आफू वडाबासीको आशार भरोसालाई काम गरेर खुसीमा बदल्न प्रतिबद्धता जनाए । 

 

उनले देश युवाको हातमा दिएर विकास र समृद्धिलाई अगाडी बढाउन मद्दत गर्न आग्रह गर्दै कम्युनिष्टको निरङ्कुशबाट देश बचाउन आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात,बिजुली बत्ती गोरेटोबाट, पर्यटन प्रवर्द्धन आफ्नो पहिलो प्राथामिकतामा रहेको उल्लेख गरे । साथै शेर्पाले जातीय भाषिक, सांस्कृतिक, धर्म, रीतिरिवाजलाई अंगाल्दै गुम्देललाई सुन्दर बाउने छु भने । 


निर्माणाधिन जलविधुतहरुसंग समन्वय गरेर वडाको विकास र समृद्धिको निम्ती म, र मेरो टिमसधै लाग्नेछौं कम्युनिष्टको झुटा, भ्रामक आश्वासनमा नपर्न मा सबैमा आग्रह गर्दछु उनले भने ।

 
कांग्रेस गुम्देलका वडा सभापति समेत रहेका युवानेता शेर्पाले वडाको साविकको १, २,३,४,५,६ र ७ वटै वडामा चुनावी प्रचार प्रशारलाई तिब्र पारेका छन् । सबै वडाको प्रचारप्रसार सकेका उम्मेद्वार शेर्पाले यो पटक गुम्देलमा कांग्रेसको जित पक्का भैसकेको जिकिर गरे ।