रामेछाप नगरपालिकामा ‘कांग्रेसलाई जिताउन जनता उत्साहित छन्, हाम्रो जित निश्चित छ’– न्यौपाने

| बैशाख २६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२६ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछाप नगरपालिकाका उम्मेद्वार लवश्री न्यौपानेले नगरमा कांग्रेसको जिततय भैसकेको जिकिर गरेका छन् । उनले भने ‘हामी नगरका ९ वटै वडा, नगरप्रमुख, उपप्रमुखसहित सबै जित्ने माहौल बनेको छ । कांग्रेसले बिजयी प्राप्त गर्दछ ।’

 


सोमबार रामेछाप टाइम्ससंगको कुराकानीमा पूर्वजिल्ला पार्टी सभापति समेत रहेका न्यौपानले यस्तो बताएका हुन् । उनले हामी घरदैलो अभियानमै छौं । जनताको घरदैलोमा पुग्दा कांग्रेसलाई भोटहाल्न नगरबासी कुरेर बसेको देखियो । हामी नगरको समृद्धि र विकासको लागि लागेका हौं । जनतापनि उत्साहिय भएको पाइयो हामी जित्छौं ।

 

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा कांग्रेसबाट प्रमुखमा न्यौपाने, उपप्रमुखमा बाला कार्कीसहितको टिम चुनावी मैदानमा छ । 

यस्तो छ ७० बुँदे घोषणा पत्र हेर्नहोस्