उमाकुण्ड गाउँपालिका आजदेखि जेठ २ गतेसम्म अत्यावश्यक बाहेक बन्द रहने

| बैशाख २६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आउदो शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनको लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको गरेको छ । 

 

आज सोमबार एक सूचना जारी गर्दै पालिकाले आजदेखि २०७९ साल बैशाख ३० गते मतदानको दिनसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । शुक्रबार ३० वैशाखमा मतदान गर्ने दिन भएकाले जेठ १ गते शनिबार परेको छ । जसअनुसार २ जेठ आइतबार मात्रै पालिकाको सेवा पूर्ण रुपमा खुल्ने छन् । 

 

मतदानको दिन नजिकिएसंगै जिल्लाका विभिन्न स्थानीय   तहले निर्वाचन अबधिभर कार्यालयको काम अत्यावश्यक बाहेक बन्द गर्न धमाधम थालेका छन् । 

सूचना हेर्नुहोस्