रामेछापः विशेष सुरक्षासहित सबै स्थानीय तहमा आजै मतपत्र लगिदै, त्रिपालको पनि व्यवस्थापन

| बैशाख २६, २०७९ सोमबार

भोट खसाल्ने ढ्वाङ, तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापका सबै स्थानीय तहमा मतपत्र आजै पुग्ने भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप टाइम्सलाई दिएको जानकारी अनुसार गत वैशाख २१ गतेनै जिल्लाआइ पुगेको मतपत्र सम्बन्धित गाउँपालिका र नगरपालिकाको निर्वाचन अधिकृतले जिम्मालिने काम धमाधम भैरहेकाले आजै सम्बन्धित स्थानीय तहमा ढुवानी हुन लागेको हो । 

 

शुक्रबार हुन लागेको मतदानको लागि आजै मतपत्र पुर्याउन काम थालिएको हो । मुख्य निर्वाचन अधिकृत दिवकर भट्टराईले ‘धमाधम निर्वाचन अधिकृतहरुले मतपत्र जिम्मा लिने काम हुदैछ । उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति गाउँपालिकाका अधिकृतहरुले लिसक्नुभयो । बाँकि नगरपालिका र गाउँपालिकाहरुले पनि लिनेकाम हुँदैछ । यो काम आजै हुनेछ भने ।’

दुई नगरपालिका र छ गाउँपालिका रहेको रामेछापमा भौगौलीक विकटता र मौसममा आएको खराबीको कारण पनि केही ठाउँमा मतपत्र सुरक्षित तरिकाले पुर्याउन कठिनाई उत्पन्न भएको बुझिएको छ । 

 

मौसम विदहरुले मौसममा परिवर्तन आउने भनेर आग्रह गरेकाले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति लगाएतसंग समन्वय गरेर त्रिपालको पनि व्यवस्थापन भैरहेको र मतपत्रसंगै त्रिपाल पनि हस्तान्तरण गरिएको छ, मुख्य निर्वाचन अधिकृत भट्टराईले भने । 

मौसम विद्ले ३० गते देशैभरी पानी पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।

 

मतपत्र ढुवानीको काम धमाधम भैरहेको बेला सुरक्षित तरिकाले पुर्याउनको लागि नेपाल प्रहरी, म्यादी प्रहरी गरि कूल ३ देखि ५ जनाको सुरक्षा घेराभित्र राखेर मतपत्र ढुवानी हुन लागेको उनले बताए । 

 

भट्टराईले ‘मतपत्र ढुवानी गर्ने काम निकै चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण काम पनि हो । यसलाई हामीले कर्मचारी, नेपाल प्रहरी, म्यादी प्रहरी, सहयोगी लगाएतको घेरामा रहेर ढुवानी हुँदै छ भने ।’ मतदान अधिकृतहरुले बुझेर नियुक्ति प्रक्रिया पुरा गरेर मतपत्र ढुवानी हुन लागेको हो । 

 

जिल्लामा कूल एक लाख ७५ हजार एक सय ५० जना मतदाता रहेका छन् । जसमा महिला ८६ हजार एक सय ९२ र पुरुष ८८ हजार ९ सय ५८ जना छन् । 

यस्तो छ मतपत्र