उमाकुण्डको प्रितीमा जन्ती बोकेको बस ‘मोड्मा कन्ट्रोल’ नहुँदा दुर्घटना

| बैशाख २६, २०७९ सोमबार

सांकेतिक तस्विर ।
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । सडकको ‘मोड्मा’ बसले ‘कन्ट्रोल’ नहुँदा बस सडकको मोड’ मुनी पुगेको छ । 

 

 

जिल्लाकै गोकुलगंगा गाउँपालिमा वडा नं २ ठोसेबाट सोमबार बिहान जन्ती बोकेर गएको बस प्रितीको डाँडाखर्क भन्ने ठाउँको ‘मोड्मा कन्ट्रोल’ नहुदाँ सडक मुनि रुखमा अड्किएको प्रहरी चौकी प्रितीका तेजलाल यादवले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘बस रुखमा अड्किएको छ । यात्रुसबै सुरक्षित रहेका छन् । जेसीबी बोलाएर अड्किएको बसलाई निकाल्न काम भैरहेको छ । ठूलो क्षती छैन् प्रहरी निरिक्षक यादवले रामेछाप टाइम्ससंग भने । 

 

 

बस राम्रोसंग निकाल्न सके कुनै क्षती छैन् उनले भने।