उमाकुण्डको गुम्देल, बाम्ति लगाएतका स्थानमा मकै किराले सखाप

| बैशाख २६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२६ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा मकै किराले सखाप पारेपछि किसान चिन्तामा परेका छन् । गत फागुन र चैत महिनामा छरेको मकै गोड्ने बेला हुनु पर्ने बेलामा उम्रने बित्तिकै किराले काटेर सखाप पारेपछि किसानहरु चिन्तित् बनेका हुन् । 

 

पालिकाको वडा नं १ गुम्देलकी स्थानीय सुन्तोली बि क (घिमिरे) ले फागुनमा मकै छरेको गोड्ने बेला भयो । तर, बारीमा मकैको बोट्नै छैन । फेरी छर्नेकी बाँझै राख्ने किराले सखापै पार्यो के गर्ने पीडा सुनाउछिन् । 

 

त्यस्तै अर्की स्थानीय नानीमैयाँ घिमिरे पनि गुनासो गर्दै भन्छिन् ‘मकै गोड्ने बेला भयो । अरुको बारीमा (साजे) मकै छरेका थियौं । तर, अहिले बारीमा एक बोट पनि छैन् । फेरी छर्नेकी के गर्ने पहिले मकै छर्न ४ हजार बढी खर्च लागेको थियो । मकैको एक बोट पनि छैन् ‘लाई’÷‘फौजी’ किराले सखापै पार्यो ।’

 

स्थानीयहरुका अनुसार पालिकाको वडा नं १ गुम्देल, २ बाम्ती, ३ कुँबुँकाँस्थली, ७ गुप्तेश्वर, भुजी लगाएतका ठाउँमा किराले मकै अधिकांश स्थानमा सखाप पारेको बताउछन् । 

 

मकै किराले डाँठ बाहेक सबै खान थालेपछि किसान हैरान बनेका हुन् । उनीहरुले मकैमा किरा लागे पनि घरेलु औषधि बाहेक कुनै उपचार सम्बन्धित निकायमा खोजी गरि नसकेको बताउछन् । ‘कहाँ जाने हो । बजारमा यसको औषधि नपाइदो रहेछ एक स्थानीयले भने ।’