कांग्रेस र माओवादी गठबन्धनका उम्मेद्वार पौडेल भन्छन् ‘धोका हुने कुरा कल्पना पनि गर्न सकिदैन, हाम्रो जित पक्का भैसक्यो’

| बैशाख २६, २०७९ सोमबार

A A A
A A A

२६ वैशाख, रामेछाप । वडा तहमा गठबन्धन गरेर चुनावी मैदानमा रहेको मन्थली नगरपालिका वडा नं १ मन्थलीका  वडा अध्यक्षका उम्मेद्वार रामहरि पौडेलले आफूहरुले चुनाव ढुक्कले जित्ने बताएका छन् । ‘हामी चुनाव ढुक्कले जित्छौं । हाम्रो प्रचारप्रसार, घरदैलो कार्यक्रम सकेर मतदाता शिक्षाको काम भैरहेको छ । त्यो पनि अन्तिम चरणमा पुग्यो । प्रत्येक टोलमा दुईदेखि ४ जनासम्मको टिमले मतदाता शिक्षा दिइरहेका छौं । घर–घरमा पुगेर भोट नबिग्रियोस भनेर ‘स्वास्तिक छाप’ र ‘नमुना’ मतपत्र देखाएर सुशुचित गराउने काम गरेका छौं । हाम्रो जित पक्का छ, भने । 

सोमबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै नेपाली कांग्रेसका नेता पौडेलले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रसंग तालमेत तल्लो तहकै सहमतिमा भएकाले गठबन्धममा कुनै धोका र अन्तर्घातको कल्पना पनि गर्न नसकिने बताए । 


केन्द्रिय तहमा गठबन्धनमा पूर्ण विश्वास नभएको चर्चा चलिरहेका बेला रामेछापको मन्थलीमा भने गठबन्धन बलियो देखिएको हो । ‘हामी सबै एक भएर खटेका छौं । हाम्रो जित पक्का भइसक्यो, त्यो कल्पना गर्न सकिदैन’ पौडेलले भने । 

 

जिल्ला सदरमुकाम समेत रहेको वडामा माओवादीका युवराज सुवेदी खुल्ला सदस्य र तिजकुमार भुजेल महिला सदस्यसहित कांग्रेसबाट पौडले अध्यक्ष, चन्द्रबहादुर माझी खुल्ला सदस्य र मैयाँ लक्ष्मी सार्की दलित महिला सदस्यसहितको प्यानल चुनावी मैदानमा छ ।