बिना भ्याट बिल ल्याएको मलसहित ट्रक र चालक प्रहरी नियन्त्रणमा, भ्रममा नपर्न एमालेको आग्रह

| बैशाख २७, २०७९ मंगलबार

तस्विर अप्रिल अधिकारीको फेस्बुकबाट साभार ।
A A A
A A A

२७ वैशाख, रामेछाप । स्थानीय निर्वाचन नजिकिदै जाँदा मतदाता किसानलाई आकर्षित गर्ने उद्देश्यले बिना भ्याट बिलको ल्याएको  मल प्रहरीले नियन्त्रणमा लिएको छ । मल मतदातालाई लोभ्याउन ल्याएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले आरोप प्रत्यारोप सुरु गरेका छन् । कांग्रेसले एमालेका नेताले मल मतदातालाई बाँड्न ल्याएको आरोप लगाएको छ भने एमालेले आफ्न नेता कार्यकर्ता कोही उक्त काण्डमा नमुछिएको भन्दै कांग्रेसका नेताले उक्त काम गरेको उल्लेख गरेको छ । तर, एमालेले कांग्रेसका को नेताले उक्त काम गरेको नाम भने उल्लेख गरेको छैन् । 

 

सोमबार जिल्ला प्रहरीको टोलीले ९३ बोरा युरिया र १० बोरा डिएपी गरी जम्मा एक सय तीन बोर मल, मल ल्याउने ट्रक र ट्रककाचालक लिखुतामाकोशी गाउँपालिका वडा नं ७ बस्ने २० वर्षीय चालक आकाश सुनुवारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

सुनुवारले सोमबार दिउँसो ३ः०० बजेको समयमा लिखुतामाकोशी गाउँपालिका वडा नं ४ कोटगाँउ बस्ने धन बहादुर तिमल्सिनाको मनिस स्टोर एण्ड सप्लायर्सको लागी भन्दै प्रदेश ३–०१–००५ ख ९८५२ नम्बरको ट्रकमा मल लगेका थिए । उक्त मल बिनाभ्याट बिलको भेटिएछि राजश्व छलेर ल्याएको हुन सक्ने आशंका गरिएको छ । 

 

साथै मल स्थानीय निर्वाचनमा मतदाता/किसानलाई भोट हाल्न लोभ्याउने उद्देश्यले ल्याएको भन्दै नेपाली कांग्रेसले दाबी गरेको थियो । साथै विभिन्न मिडियामा एमालेले बाँड्न ल्याएको मल भनि समाचार प्रकाशन प्रशारण भएको थियो । उक्त दाबी झुटो र खेद जनक भएको भन्दै नेकपा (एमाले) पालिका कमिटीले आपत्ती जनाएको छ ।

 

उक्त आरोप कपोकल्पीत भएको भन्दै त्यस्तै भ्रममा नपर्न जनमानमा आग्रह गरिएको छ । 

एमाले लिखु तामाकोशी गाउँ कमिटीले जारी गरेको विज्ञप्ति हेर्नुहोस्