मतदानको दिन अति आवश्यक बाहेक कुनै सवारी साधन नचलाउन प्रशासनको निर्देशनः प्रशासनिक सेवा आंशिक मात्रै

| बैशाख २७, २०७९ मंगलबार

फाइल फोटो
A A A
A A A

२७ वैशाख, रामेछाप । स्थानीय निर्वाचनको दिन रामेछापमा अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन संचालन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार एक विज्ञप्ति जारी गर्दै अति आवश्यक सवारी साधन बाहेक कुनै पनि सवारी संचालन नगर्न आदेश जारी गरेको हो । 

 

 

शुक्रबार ३० गते हुन लागेको स्थानीय निर्वाचनको दिन जिल्लाभार एम्बुलेन्स, दमकल, दुरसंचार सेवाका सवारी, शववहान, अस्पतालका सवारी, विधुत सेवाका सवारी, पास लिएका सवारी बाहेक कुनै पनि सवारी संचालन नगर्न र नगराउन भनिएको छ । 

 

यसैबीच निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कर्मचारीहरु मतदान स्थलमा खटाइएको हुँदा यस प्रशासनको सेवा पनि अत्यावश्यक बाहेकका नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, नावालक परिचय पत्र, संस्था दर्ता तथा नविकरण लगायत विभिन्न सिफारिस तथा प्रमाणित गर्ने वैशाख २९ गते विहिबारसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

विज्ञप्ति हेर्नुहोस्