यी हुन् एमाले रामेछापका प्रमुख र उपप्रमुखका उम्मेद्वार , पार्टी भन्छ ‘सतप्रतिशत चुनाव जित्छौं’

| बैशाख २७, २०७९ मंगलबार

A A A
A A A

२७ वैशाख, रामेछाप । आउदो शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा रामेछापमा एमालेले सतप्रतिशत चुनाव जित्न दाबी गरेको छ । दुई नगरपालिका सहित आठ स्थानीय तहमा एकल चुनाव लडेको एमालेले सतप्रतिशत नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुख दुवै जित्न दाबी गरेको हो ।

 

अन्य राजनीतिक दलहरुले स्थानीय आवश्यक्ताको आधारमा तालमेल गरेर चुनावी मैदानमा रहेका बेला एमाले भने एक्लै सतप्रतिशत चुनाव आफ्नो पोल्टोमा पार्ने दाउमा रहेको पार्टी उपसचिव एवं प्रचारप्रसार प्रमुख प्रकाश कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘हामी सतप्रतिशत नगर तथा गाउँपालिकाको चुनाव जित्छौं । ८० प्रतिशत वडामा हामी बिजयी हुन्छौं ।’


पार्टीले प्रचारप्रसार सकेर मतदाता शिक्षा समेत सकिसकेको भन्दै एमाले मतदानको दिन मात्रै कुरेर बसेको बताए । उनले मौन अबधिमा आफ्नो पार्टीले जारी आचारसंहिता बिपरित कुनै गतिविधि नगर्ने जिकिर दाबी उनको छ । 


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखका उम्मेद्वारहरुको नामावली हेर्नुहोस्

  • सुनापति गाउँपालिका, ज्ञानकुमार योञ्जन प्रमुख, उपप्रमुख रिता गौतम
  • दोरम्बा शैलुङ् गाउँपालिका, टंक चौलगाई प्रमुख, उपप्रमुख मुना कंडेल
  • खाँडादेवी गाउँपालिका, ज्ञानकुमार श्रेष्ठ, उपप्रमुख राम घिसिङ्
  • मन्थली नगरपालिका, लव श्रेष्ठ प्रमुख र ईश्वारी बस्नेत उपप्रमुख
  • रामेछाप नगरपालिका, रोशन प्राख्रिन प्रमुख, सिता केसी उपप्रमुख
  • लिखु तामाकोशी गाउँपालिका, कमल कडरिया प्रमुख, दिपा पाख्रिन उपप्रमुख
  • गोकुलगंगा गाउँपालिका खड्का सुनुवार प्रमुख, राधिका श्रेष्ठ उपप्रमुख
  • उमाकुण्ड गाउँपालिका शेरबहादुर सुनुवार प्रमुख, गंगा कार्की उपप्रमुख