यी हुन् कांग्रेसका प्रमुख र उपप्रमुख उम्मेद्वारहरु, पार्टी भन्छ ‘चार स्थानीय तह र ४० भन्दा बढी वडाहरु जित्ने पक्का भयो’

| बैशाख २७, २०७९ मंगलबार

A A A
A A A

२७ वैशाख, रामेछाप । नेपाली कांग्रेस रामेछापले चार स्थानीय तह जित्ने निश्चित भएको बताएको छ । ‘हामीले प्रचारप्रसार सबै सकाएका छौं । मतदाता शिक्षा पनि राम्रोसंग गरेका छौं । चार स्थानीय तह जित्ने पक्का, पक्कि भयो कांग्रेस जिल्ला पार्टी प्रवक्ता एवं मन्थली नगरपालिका वडा नं ३ का वडा अध्यक्षका उम्मेद्वार नारायण बोगटीले रामेछाप टाइम्ससंग भने ।’

 

उनले देशै कांग्रेसको पक्षमा रहेको भन्दै जनता कांग्रेसलाई भोट हाल्ने दिनको पर्खाईमा रहेको बताए । प्रवक्ता बोगटीले जिल्लाका सबै स्थानीय तहमा कांग्रेसको लोभलाग्दो वातावरण बनेको भन्दै जनताको मन कांग्रेसले गत निर्वाचनमा जितेका स्थानीय तहमा भएका कामबाट पनि स्ष्ट भएको बताए । उनले यो अब जिल्लाको समग्र विकास र समृद्धिको लागि जनताले कांग्रेसलाई जिताएर उक्त कुरा पुष्टि गर्ने बताए ।

 

आज राति १२ बजेदेखि मौन अबधि सुरु हुन लागेको समन्दर्भमा कुरा गर्दै प्रवक्ता बोगटीले आफूहरुले नगर तथा गाउँपालिकासहित ४० भन्दा बढि वडा जित्ने जानकारी दिए । ‘हामी ४० वडाहरु निश्चित जित्छौं उनले भने ।’

 

आफ्नो पार्टी आचारसंहिताको पूर्ण पालना गर्ने पार्टी भएको स्मरण गर्दै आचारसंहिता कुनै पनि उल्लङ्घन नगर्ने बताए । हामी केही साथिहरुले त्यो गर्न सक्छन् त्यसलाई पनि विशेष निगरानीमा राखेर सचेत गरेका छौं । हामी सरकारको नीति र नियमन भित्र रहेर काम गर्छौं ।’