राप्रपा र एमाले कार्यकर्ताद्वारा  कुँबुँकास्थलीमा कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार सुनुवारमाथि खुकुरी प्रहारः मुख्य अभियुक्तसहित केही पक्राउ

| बैशाख २९, २०७९ बिहिबार

A A A
A A A


२९ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुकास्थलीमा राप्रपा नेपाल र नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार रमेशकुमार सुनुवारलाई खुकुरी प्रहार गरेका छन् । 


खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएको नेपाल  तरुण दल उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सम्शेर कार्कीले जानकारी दिए । उनका अनुसार वडाका वडा अध्यक्ष समेत रहेका सुनुवारलाई राप्रपा र एमालेका कार्यकर्ताले पछाडिबाट झुक्याएर खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते सुनुवारलाई उद्दार गरि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको बताइएको छ । 

 


खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त पबित्र सुनुवार सहित केही कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भैरहेको छ । भोली हुने स्थानीय तहको मतदानको दिन नजिकिएसंगै मतदाता आ आफ्नो पक्षमा पर्ने बहानामा रिसिबि हुँदा धारिलो हतियार प्रहार भएको हो ।