रामेछापः सबै स्थानीय तहमा मतगणना सुरु, कुन स्थानीय तहमा कति मत खस्यो (सूचीसहित)

| बैशाख ३१, २०७९ शनिबार

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स ।
A A A
A A A

३१ वैशाख, रामेछाप । रामेछाप जिल्लाका आठ वटै स्थानीय तहमा मतगणा सुरु भएको मुख्य निर्वाचन आयोग रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । हिजो भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल एक लाख १७ हजार दुई सय ४२ मत खसेको मुख्य निर्वाचनको कार्यालय मन्थलीबाट नवराज घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार हाल दुई नगरपालिका सहित छ वटै स्थानीय तहमा सर्वदलिय बैठक सम्पन्न भएर मतगणना सुरु भएको छ । केही वडाहरुको मतपरिणाम समेत आउने क्रम सुरु भएको उनले बताए । 'तर, हामीलाई मतपरिणामहरुको विवरण आएको छैन् ।' केही स्थानीय तहका वडाहरुमा आफ्नो उम्मेद्वार विजयी भएको नेताहरुले उल्लेख गरेका छन् । 

 

घिमिरेका अनुसार जिल्लामा उमाकुण्ड गाउँपालिकामा ९ हजार ७ सय १३, खाँडादेवी गाउँपालिमामा १३ हजार ५ सय ५६, गोकुलगंगा गाउँपालिकामा १२ हजार २ सय ४४, दोरम्बा शैलुङ गाउँपालिकामा १३ हजार ९ सय ६, लिखु तामाकोशी गाउँपालिकामा १२ हजार ७ सय ४२ र सुनापति गाउँपालिकामा १२ हजार ८ सय ३२ मत खसेको छ । 

 

त्यस्तै सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा २५ हजार ७ सय एक र पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा १६ हजार ५ सय ४८ मत खसेको स्थानीय तहहरुले विवरण पठाएका छन् ।  ‘हामीलाई प्राप्त विवरण हो । यो विवरण र ढ्वाङ्मा खसेको मतमा केही तलमाथि हुन सक्छ  घिमिरेले भने ।’

 

जिल्लामा शुक्रबार एक वडामा बाहेक ६३ वडामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

कुन स्थानीय तहमा कति मत खस्यो हेर्नुहोस्