चुचुरेमा कांग्रेसको प्यानलै बिजयी, छत्र बस्नेत वडा अध्यक्ष

| बैशाख ३१, २०७९ शनिबार

छत्र बस्नेतसहित बिजयी टिम ।
A A A
A A A

३१ वैशाख, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एमालेलाई हराउदै बिजयी हाँसिल गरेको हो । चुचुरेनै जिल्लाका सबै भन्दा पहिलो मतगणना सार्वजनिक हुने वडा बनेको छ । योसंगै जिल्लामा कांग्रेसले खाता खोलेको देखिन्छ । 

 

त्यहाँ खसेको कूल १६ सय ६६ मा कांग्रेसका वडा अध्यक्षका उम्मेद्वार छत्र बस्नेतले ७ सय १५ मत ल्याएर बिजयी भएका हुन् । यद्यपी बस्नतेसहितको प्यानलट बिजयी भएको निर्वाचन आयोग समितिले औपचारिक घोषणा गर्न भने बाँकि छ । 

 

त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी रामजी कार्कीले ६ सय १९ मत ल्याएका छन । कांग्रेसका उम्मेद्वार बस्नेले कार्कीलाई ९६ मतले हराएको त्यहाँ स्थित् रामेछाप टाइम्सका संवाददाता नवीन घिमिरेले जानकारी गराए । 

 

वडा नं १ चुचुरेबाट सुरु गरिएको गणनामा पालिका अध्यक्षमा कांग्रेसका उम्मेद्वार काजीबहादुर खड्का (दिनेश) ले ७ सय ६५ पाएका छन् । भने एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार खड्ग सुनुवारले ६ सय ३७ मत पाएका छन् । 

बिजयी कांग्रेसका उम्मेद्वारहरु 

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी उशा कार्कीले ८ सय ३५ र एमालेकी रधिका नेवारले ५ सय ६८ मत ल्याएकी छन् । 

 

हिजो भएको मतदानमा गोकुलगंगा गाउँपालिकामा १२ हजार २ सय ४४ मत खसेको छ ।