उमाकुण्डको वडा नं १ गुम्देलमा कांग्रेसका उम्मेद्वार शेर्पाले लिए अग्रता

| बैशाख ३१, २०७९ शनिबार

कांग्रेसका उम्मेद्वार ङापेम्बा शेर्पा ।
A A A
A A A

३१ वैशाख, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । भर्खरै प्राप्त जानकारी अनुसार ३ सय मत गनिसक्दा त्यहाँ कांग्रेसका उम्मेद्वार ङापेम्बा शेर्पाले १५ मतले आग्रता लिएका छन् । उनले १२५ मत ल्याएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार ङातिण्डू शेर्पाले एक १० मत ल्याएर पच्छाइ रहेका छन् । 

उमाकुण्ड गाउँपालिकाको मतगणना हुदै । 


एक हजार दुई सय १७ भोट खसेको गुम्देलमा माओवादीका उम्मेद्वार अमृत कार्कीले हाल सम्म २३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) हलोले ३ मत पाएको त्यहाँ स्थित पत्रकार रामचन्द्र बि.कले जानकारी गराए ।  

 

शान्तिपूर्ण र उत्साहजनक मतदान भएको गुम्लदेलबाट गाउँपालिकाको अध्यक्ष्यको लागि कांग्रेसका उम्मेद्वार जितबहादुर कटुवालले तीन सय मत गन्दा १ सय २९ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार शेरबहादुर सुनुवारले एक सय ९ भोट ल्याउदै कटुवाललाई पच्छाईरहेका छन् । सुनुवार यसअगाडिका गाउँपालिका अध्यक्ष पनि हुन् । 


त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) हलो तर्फका उम्मेद्वार हिक्मत सुनुवारले १९ भोट पाएर हालसम्म पाएका छन् । 

 

गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसकी उम्मेद्वार सावित्री सुनुवारले हाल एक १४ भोट पाएकी छन् भने नेकपा एमालेकी गंगा कार्कीले एक सय एक भोट हालसम्म पाएकी छन् । स्रोतका अनुसार जारी मत गणनामा कांग्रेसले मतान्तर बढाउदै लगेको छ । एक्ला एक्लै चुनाव लडेका राजनीतिक दलले गुम्देलमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने आंकलन गरेका छन् । कांग्रेस र एमाले भने आ-आफ्नो पार्टीले वडामा झण्डा गड्ने जिकिर गर्दै आएका छन् । 

 

पालिकाको वडा नं १ बाट सुरु भएको मतगणना पालिकाको केन्द्र प्रितीमा जारी छ ।