गुम्देलमा अध्यक्षसहित तीन जना एमालेका बिजयी

| जेठ १, २०७९ आइतबार

ङातिण्डु शेर्पा ।
A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिजयी हाँसिल गरेको छ । 

 

गएराति सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वारलाई पछि पार्दै एमालेका उम्मेद्वार ङातिण्डु शेर्पासहित तीन सदस्य एमालेका बिजयी भएका हुन् ।

 

शेर्पाले नेपाली कांग्रेसका युवा उम्मेद्वार ङापेम्बा शेर्पालाई हराएका हुन् । १२ सय १७ मत खसेको गुम्देलमा एमालेका उम्मेद्वारले ४७४ मत पाएका छन् । उनले कांग्रेका उम्मेद्वारलाई १३ मतको अन्तरले हराएका हुन् ।

 

त्यस्तै राप्रपा हलोका अध्यक्षका उम्मेद्वार गोपाल विकले १२ मत  पाएका छन् । 


त्यस्तै सदस्यमा एमालेकै गंगा बहादुर भुजेल खुला सदस्य ४१९, शारदा देवी बस्नेत महिला सदस्य ४५९, मममाया बि‍‍क (घिमिरे) दलित सदस्य ४५० ल्याएर बिजयी भएका छन् । 

 

भने कांग्रेसका तेण्डी शेर्पा खुल्ला सदस्यमा बिजयी भएका छन् । सुरुवाती अग्रता लिएको कांग्रेसले गुम्देलमा हार ब्यहोरेको हो ।