सुनापतिमा पहिलो पटक कांग्रेसको जितः गुन्सीमा चौलागाई बने बिजयी

| जेठ १, २०७९ आइतबार

ध्रुब चौलागाई ।
A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा नेपाली कांग्रेसले बिजयी हाँसिल गरेको छ । 

 

नेपाली कांग्रेस जिल्ला पार्टी सह-सचिव समेत रहेका ध्रुब चौलागाईले ९३२ मत पाएर बिजयी भएका हुन् । माओवादीको गडमानिने सुनापतिमा कांग्रेसले पहिलो पटक चुनाव जितेको हो । 

 


त्यहाँ माओवादीले गोलाकार भित्रको हसियाँ हथौडामा ९१७ मत  ल्याएको छ । भने नेकपा एमालेको सूर्य चिन्हमा ४४७ मत मात्रै पाएको छ । 

त्यस्तो छ मत परिणाम हेर्नुहोस्

                     गा.पा अध्यक्ष       गा.पा उपाध्यक्ष   वडा 
नेपाली काङ्ग्रेस         ९२४            ८५९                 ९३२
माओवादी केन्द्र        ८९४            ९५४                 ९१७
नेकपा एमाले           ३३०             ३३०                ३०५
कुल मतदाता : ३२०२ 
मत खसेको : २१४६