मन्थली १ मा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार रामहरि पौडेलको टिम बिजयी (भिडिओसहित)

१ जेठ, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ मा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । गठबन्धन गरेर चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका रामहरि पौडेल वडा अध्यक्षमा बिजयी भएका हुन् । बिजयी टिमले मन्थलीमा विशाल बिजयी उत्सव/र्याली निकालेका छन् ।
सदरमुकाम समेत रहेको वडा नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वारलाई पछि पार्दै गठबन्धनको टिम बिजयी भएको हो ।
मत परिणाम ।
कूल १८ सय २ मत खसेको मन्थली १ मा कांग्रेसले जित हाँसिल गरेको हो । गठबन्धनका उम्मेद्वार पौडले एमालेका दिनेश सुवेदीलाई फराकिलो मतान्तरले जितेका हुन् । पौडेले ९२० मत प्राप्त गर्दा एमालेका सुवेदीले ७४८ मत पाएका छन् । कांग्रेसका अध्यक्ष पौडेलले एमालेका सुवेदीलाई १३६ को मतान्तरले हराएका हुन् ।
गठबन्धनको टिममा माओवादीबाट तीन जना परेका छन्, भने एमालेका दुई सदस्य वडामा बिजयी भएका छन् ।
भिडियो हेर्नुहोस्