रामेछाप नगरपालिकामा कांग्रेसले खाता खोल्योः गोठगाउँमा रेखबहादुर खत्री बिजयी

| जेठ १, २०७९ आइतबार

A A A
A A A

१ जेठ, रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ ।

 

सो नगरको वडा नं १ गोठगाउँको वडा अध्यक्ष नेपाली कांग्रेका उम्मेद्वार रेख बहादुर खत्री भएका छन् । 

 

अध्यक्षमा खत्रीले ४४१ मत पाएका छन् । गोठगाउँमा नेपाली कांग्रेसले एक खुल्ला सदस्यसहित अध्यक्ष जितेको बताइएको छ । 

 

यद्दयपी बिजयी टिमहरुको औपचारीक घोषणा भने हुन बाँकि छ । 

यस्तो छ मत परिणाम

  • वडा अध्यक्ष रेख बहादुर खत्री (कांग्रेस) ६३०
  • महिला सदस्य कुमारि श्रेष्ठ (एमाले) ६२२
  • दलित महिला सदस्य निर्मला सार्की (एमाले) ६११
  •  खुल्ला सदस्य दिपक नेपाली (एमाले) ६०९
  • खुल्ला सदस्य सन्जित कार्की (कांग्रेस) ६१८