रस्नालुमा एमालेको प्यानलै बिजयीः पालिका प्रमुखमा कांग्रेसले जित्ने लगबग् पक्का

| जेठ १, २०७९ आइतबार

रस्नालुमा बिजयी एमालेका उम्मेद्वारहरु ।
A A A
A A A

१ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा नेकपा (एमाले) को प्यानलै बिजयी भएको छ । 

 

रास्नालुमा नरविक्रम कार्कीको प्यानल नै विजयी भएको हो । त्यहाँ एमालेका उम्मेद्वार कार्कीले एक हजार तीन सय ४२ मत पाएका छन् । भने कांग्रेसका उम्मेद्वारले ६ सय ७८ मत मात्रै पाएका छन् । 


एमालेको पकड क्षेत्र मानिएको रस्नालुमा प्यानल बिजयी भएको हो । उक्त पालिका गाउँपालिका अध्यक्ष पदका उम्मेद्वर खड्ग सुनुवारको गृह वडा पनि हो । 

 

हालसम्म पालिका अध्यक्षको लागि एमालेका सुनुवारले १३ सय ८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका काजी बहादुर खड्का (दिनेश) ले ९ सय ७९ मत पाएका छन् । यसरी तीन वडाको मत गणना सकिदा सम्म पालिका प्रमुखमा एमाले अग्रहस्थानमा रहेको छ । 


भने कांग्रेस बलियो रहेको नामाडी, बेताली र फर्पुको मत गन्न बाँकि रहेकाले कांग्रेसले पालिका प्रमुख जित्ने चर्चा सुरु भएको नेताहरु बताउछन् । 

 

उपप्रमुखको लागि भने एमालेकी राधिका नेवारले हाल सम्म १३ सय ३९ मत पाएकी छन् । उनकी प्रतिस्पर्धि कांग्रेसकी उम्मेद्वार उषा कार्कीले ६ सय ९ मत पाएकी छन् ।