गठबन्धनलाई पराजित गर्दै दोरम्बा १ डडुवामा एमालेको प्यानलै बिजयी

| जेठ १, २०७९ आइतबार

A A A
A A A

१ जेठ, रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवामा सात दलिय गठबन्धन (नेपाली कांंग्रेस, माओवादी, जसपा , राप्रपा, जनमोर्चा,  एकीकृत समाजवादी, लोसपा) लाई पराजित गर्दै नेकपा (एमाले) बिजयी भएको छ । 

 

 

गठबन्धनको टिमलाई पराजित गर्दै वडा अध्यक्षमा प्रेम लामा एक हजार एक सय ४३ मत ल्याएर बिजयी भएका हुन् । उक्त वडामा एमालेको प्यानलै बिजयी भएको हो । यद्दपी निर्वाचन समितिले बिजयीको औपचारिक घोषणा गर्न बाँकि छ । गठबन्धका उम्मेद्वार भक्त बहादुर थामीले ७ सय ३ मत पाएर पराजित बनेका हुन् । 

 

 

योसंगै एमालेले रामेछापमा उमाकुण्डको १ गुम्देल, गोकुलगंगा गाउँपालिकाको वडा नं ३ रस्नालु, मन्थली नगरपालिकाको वडा नं १४ फुलासीगरी ५ वडामा हालसम्म जित हाँसिल गरेको छ ।