बाम्तीमा माओवादीको पहिलो जितः फेरी वडा अध्यक्ष बने ‘छुकु’

| जेठ १, २०७९ आइतबार

फाइल फोटो
A A A
A A A

१ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा माओवादी केन्द्रले बिजयी हाँसिल गरेको छ । 

 

 

गत शुक्रबार भएको मतदानमा वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार खम्बाधोज बस्नेत (छुकु) बिजयी भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार चुडामणि श्रेष्ठलाई पछि पारेका छन् ।

 

छुकु गत निर्वाचनमा पनि बिजयी भएर ५ वर्ष काम गरेका वडा अध्यक्ष पनि हुन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार श्रेष्ठलाई दुई सय ९९ मतले हराएका हुन् । छुकुले ५ सय ९९ मत पाएका छन् । 

वडामा अध्यक्ष बाहेक सदस्यहरू भने नेपाली कांग्रेसका कृष्ण बहादुर कार्की (४०१), चिना खड्का कार्की (३९९) ङातेम्बा सेर्पा (३३५) र लक्ष्मी गजमेर (३५९) मत ल्याएर बिजयी भएका छन् । 


 

माओवादी केन्द्रले बाम्तीमा जितेसंगै पहिलो जित निकालेको छ । पालिकाको वडा नं १ गुम्देलमा एमालेले विजयी गरि सहेको छ ।  

मत परिणाम हेर्नुहोस्