कांग्रेस र एमाले ५–५ वटा वडा, माओवादी एक वडामा बिजयी, मत गणना जारी

| जेठ १, २०७९ आइतबार

A A A
A A A

१ जेठ, रामेछाप । रामेछाप जिल्लामा हालसम्म ११ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ५, नेकपा (एमाले) ले ५ र माओवादी केन्द्रले एक वटा वडामा जित हाँसिल गरेको छ । अन्य वडाहरुको मत परीणाम आउने क्रममा छ । 

यी हुन् मत सार्वजनिक भएको वडाहरु 

  1. उमाकुण्ड गाउँपालिकाको वडा १ गुम्देल (एमाले),
  2. उमाकुण्ड गाउँपालिकाको वडा २ बाम्ती (माओवादी)
  3. गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरे (नेपाली कांग्रेस),
  4. गोकुलगंगा गाउँपालिकाको २ ठोसे ‍(नेपाली कांग्रेस)
  5. गोकुलगंगा गाउँपालिकाको ३ रस्नालु (एमाले) 
  6. दोरम्बा गाउँपालिका वडा नं १ डडुवा (एमाले)
  7. सुनापति गाउँपालिका वडा नं १ गुन्सी (नेपाली कांग्रेस)
  8. लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ (एमाले) 
  9. मन्थली नगरपालिका वडा नं १ मन्थली (नेपाली कांग्रेस,
  10. मन्थली नगरपालिका वडा १४ फुलासी (एमाले)
  11. रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ (नेपाली कांग्रेस)