बेतालीमा कांग्रेसको प्यानलै बिजयीः पालिका प्रमुखमा दिनेशको फरालिको मतान्तर

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा कांग्रेसको प्यानलै बिजयी भएको छ।  

 

 

रामचन्द्र बस्नेत नेतृत्वको टिम गएराति सम्पन्न मतगणनामा बिजयी भएको हो । गत शुक्रबार भएको मतदानमा त्यहाँ नेकपा एमालेका उम्मेद्वारलाई फराकिलो मतान्तरमा कांग्रेसका उम्मेद्वारले हराएका हुन् । 

 

 

गोकुलगंगामा वडा नं १ चुचुरे, २ ठोसे र ४ बेताली नेपाली कांग्रेसले जितहाँसिल गरेको छ । भने वडा नं ३ रस्नालु एमालेले जितेको छ । योसंगै उक्त पालिकामा पालिका प्रमुखमा नेपाली कांग्रेसका काजीबहादुर खड्का (दिनेश) ले फराकिलो मतान्तर पारेका छन् । 


पालिकामा निर्वतमान पालिका प्रमुख समेत रहेका खड्ग सुनुवारलाई पछिपार्दै दिनेशले पालिका प्रमुख जित्ने निश्चित् भएको छ । भने उपप्रमुखमा पनि झोनो मतान्तरले कांग्रेसले अग्रता लिएको छ ।