रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएको नेपाल कम्युनिष्ट् पार्टी (एमाले) का उम्मेद्वारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेद्वार लवश्री न्यौपाने र उपप्रमुख बालाकुमारी कार्कीले अग्रता लिएका हुन् । 

 

नगरपालिकाको वडा नं ३ सम्मको  मतगणना सकिदाँसम्म एमालेका नगर प्रमुखका उम्मेद्वार रोशन पाख्रिन र उपप्रमुख सिता केसीलाई पछि पार्दै कांग्रेसका उम्मेद्वारले उछिनेका हुन् ।  हामीलाई प्राप्त जानकारी अनुसार हालसम्म (एमाले) का पाख्रिनले २ हजार ६ सय ९९ मत पाएका छन् भने कांग्रेसका  न्यौपाने २ हजार ७ सय ७ मत पाएका छन् । कांग्रेसका न्यौपानले ८ मतले अग्रता लिएका हुन् ।

 


त्यस्तै माओवादी र एकिकृत सामाजवादी गठबन्धनका नगरप्रमुखका उम्मेद्वार नरेशबाबु श्रेष्ठले एक हजार ३५ मत पाएर पछाइरहेका छन् । 

 

त्यस्तै राप्रपाकी उम्मेद्वार सरस्वती श्रेष्ठले ४५ मत पाएकी छन् ।

 

त्यस्तै उपप्रमुखमा एमालेकी सीता केसीले २ हजार ५ सय ७९ मत पाएकी छन् भने कांग्रेसकी बालाले २ हजार ७ सय ५६ मत पाएकी छन् । उपप्रमुखमा कांग्रेसले १७७ मतले अग्रता लिएको छ । 

 

त्यस्तै उपप्रमुखमा ढाल बिक्रम कार्की (सामाजवादी) ले ६३९, उपप्रमुखमा सिताराम ढकाल (राप्रपा) ३९ र रामबहादुर खडका (स्वतन्त्र) उम्मेद्वारले १ मत पाएका छन् । 

रामेछाप नगरपालिकामा हालसम्मको ताजा मत परिणाम : 
मेयर रोशन पाखृन(एमाले)- २६९९
मेयर लबश्री न्यौपाने(काँग्रेस)- २७०७
मेयर नरेशबाबू श्रेष्ठ(माओवादी)-१०३५
मेयर सरस्वती श्रेष्ठ(राप्रपा)-४५

उपमेयर सीता केसी(एमाले)-२५७९
उपमेयर बाला कु कार्की(कांग्रेस)-२७५६
उपमेयर ढाल विक्रम कार्की(सामाजवादी)-६३९ 
उपमेयर सिताराम ढकाल(राप्रपा)-३९
उपमेयर राम ब खडका(स्वतन्त्र)-१