रामेछापमा २० वडाको नतिजा सार्वजनिकः ८ वडामा कांग्रेस,एमाले ७ र माओवादी ५ वडामा बिजयी (सूचिसहित)

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछाप जिल्लामा सोमबार बिहान ११ ः ३० बजेसम्म २० वटा वडाको मत परिणम सार्वजनिक भएको छ । 

गत शुक्रबार भएको मतदानमा ६५‍.५४ प्रतिशत मात्र मत खसेको रामेछापमा ६३ वटा वडामा भएको मतदानको मतपरिणाम आउने क्रममा छ । एक वडामा भने आज मतदान भैरहेको छ । खाँडादेवी गाउँपालिकाको वडा नं १ राकाथुम बाहेक सबै वडामा भएको मतदानको नतिजा धमाधम आउने क्रममा छ । 


कूल १ लाख ७८ हजार ८६७ मतदाता रहेको जिल्लामा एक लाख १७ हजार २४२ मत खसेको मुख्य निर्वाचन कार्यालयका निर्वाचन सूचना फोकल पर्सन नवराज घिमिरेले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार खाँडादेवीमा आज मतदान सकिए लगतै मतगणना सुरु हुने छ । अन्य स्थानीय हतहरुको मतगणना शान्तिपूर्ण द्रूत गतिमा भैरहेको छ । जसमा हालसम्म नेपाली कांग्रेसले ७ स्थानीय तहका ८ वटा वडामा बिजयी प्राप्त गरेको छ । 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७ स्थानीय तहका ७ वडामा बिजयी भएको छ । 

त्यस्तै नेकपा माओवादी केन्द्रले ७ स्थानीय तहका ५ वडामा जितेको छ । 

मन्थली नगरपालिका 

रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४  फुलासी (एमाले)

रामेछाप नगरपालिका
रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)


सुनापति गाउँपालिकाः
धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)


गोकुलगंगा गाउँपालिका
छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)

उमाकुण्ड गाउँपालिका
ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
खम्बाध्वज वस्नेत (छुकु), वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
गुणराज थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुँबुँकास्थली (एमाले)

लिखुतामाकोसी गाउँपालिका
प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)


दोरम्बा शैलुङ गाउँपालिका
प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)