रामेछापमा पालिका प्रमुख र उपप्रमुखमा कांग्रेसले खाता खोल्योः गोकुलगंगामा कांग्रेस उम्मेद्वार खड्का र कार्की अत्याधिक मतसहित बिजयी

| जेठ २, २०७९ सोमबार

A A A
A A A

२ जेठ, रामेछाप । रामेछापमा पालिका प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ । गोकुलगंगा गाउँपालिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार काजीबहादुर खड्का (दिनेश) र उषा कार्की बिजयी बनेका हुन् । निर्वतमान पालिका अध्यक्ष समेत रहेका एमालेका उम्मेद्वार खड्ग सुनुवार र राधिका नेवारलाई पछि पार्दै पालिका प्रमुखमा कांग्रेसका उम्मेद्वारहरु सानदार मतसहित बिजयी बनेको हुन् । 


अध्यक्षमा खड्काले एक हजार ४ सय १६ मतले सुनुवारलाई हराएका छन् । उनले कूल ६ हजार ९३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत पाएका छन् भने एकीकृत समाजवादीका रुद्रप्रसाद फुँयालले २६३ मत पाएका छन् । 

 


त्यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेद्वार कार्कीले ५ हजार दुई सय ५३ मत पाएकी छन् । एमालेकी राधिका श्रेष्ठले ४ हजार ६८६ र माओवादी केन्द्रका विष्णुबहादुर कार्कीले ११६७ मत पाएका छन् ।

 


तरुण दल रामेछापका जिल्ला सभापति समेत रहेका युवा नेता दिनेश र पार्टीको महाधिवेशन प्रतिनिधि रहेकी कार्कीले जिल्लामै सबै भन्दा पहिले बिजयी भएर पार्टीलाई थप उर्जा दिएका छन् ।

 

एमालेले कुनै पनि हालतमा जित्ने दाबी गरेको पालिकामा कांग्रेसले आफ्नो बिजयी देखाएर एमालेको किल्ला तोडेको जिल्ला पार्टी सचिव दीपक खड्काले रामेछाप टाइम्ससंग बताए । 
 

यी हुन गोकुलगंगा गाउँपालिकाका निर्वाचित वडाअध्यक्षहरुः

१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)

२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)

३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)

४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)

५.दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी (एमाले)

६. चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु (कांग्रेस)