मन्थली नगर जितेपछि एमालेको बिजयी जुलुस् यस्तो देखियो (भिडिओसहित)

| जेठ ५, २०७९ बिहिबार

A A A
A A A


५ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेद्वार बिजयी भएपछि आज बिहिबार बिजयी र्याली निकालिएको छ । गत वैशाख ३० गते भएको मतदानमा एमालेका उम्मेद्वारले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराउदै नेकपा एमालेका उम्मेद्वार लव श्रेष्ठ प्रमुखमा र उपप्रमुखमा ईश्वरी बस्नेत बिजयी भएका हुन् । 

 


उनीहरुले कांग्रेसका उम्मेद्वार बिनोद् कार्की प्रमुखमा र यशोदा श्रेष्ठलाई उपप्रमुखमा हराएका हुन् । बिजयी भएका श्रेष्ठले ९ हजार ७ सय १८ मत पाएका छन्, भने उपप्रमुखमा बिजयी बस्नेतले ९ हजार १ सय १६ मत पाएर बिजयी भएकी हुन् ।  

कांग्रेसका उम्मेद्वार कार्कीले ९ हजार १ सय २२ मत पाएका छन् । उनी श्रेष्ठसंग प्रमखमा ५ सय ९६ मतान्तरले पराजित भएका हुन्  । प्रमुखमा बिजेता श्रेष्ठ एमाले प्रदेश कमिटी सदस्य हुन् भने पराजित भएका कार्की कांग्रेस जिल्ला पार्टी सचिव हुन् । 

त्यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेद्वार श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गरिन् । उनले एमालेकी उम्मेद्वार बस्नेतसंग झिनो मतान्तरमा पराजित भएकी हुन् । कांग्रेसकी उम्मेद्वार श्रेष्ठ एमालेकी उम्मेद्वार बस्नेतसंग ६२ मतान्तरले पराजित भइन् । 

 

मन्थलीमा एमालेले प्रमुख,उपप्रमुखसहित ६ वटा वडामा बिजय हाँसिल गरेको छ । भने नेपाली कांग्रेसले ६ वटा, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले १(१ वडा जितेका छन् । 

गत निर्वाचनमा पनि एमालेले जितेको नगरपालिकामा १४ वटा वडा छन् । बेजयी भएपछि पञ्चेबाजासहितको बिजयी जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । 

 

देवकोट चोकमा कोण सभामा परिनत भएको सभालाई सम्बोधन गर्दै नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले मन्थलीको विकास र समृद्धिको यात्रा सुरु भएको बताए । उनले १४ वटै वडालाई समेटेर योजना बनाएको भन्दै ति योजनामा आधारित काम गर्ने बताए । 

 

कोणसभापाई एमालेका जिल्ला ईन्चार्ज कैलाश ढुङ्गेलसहित पार्टीका नेता, निर्वाचित वडा अध्यक्षहरुले सम्बोधन गरेका थिए ।

यी हुन मन्थली नगरपालिकाका निर्वाचित वडाअध्यक्षहरुः

  1. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
  2. सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
  3. कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ (एमाले)
  4. राजन घिमिरे, वडाअध्यक्ष, मन्थली नगरपालिका–४ (कांग्रेस)
  5. रविन कार्की (नविन), वडाअध्यक्ष, मन्थली नगरपालिका–५ (नेकपा एकीकृत समाजवादी)
  6. अशोक कुमार तामाङ (कांग्रेस)
  7. भुवनहरि प्रसाई (कांग्रेस)
  8. गोपाल श्रेष्ठ (एमाले)
  9. गोकर्णराज आराण (एमाले)
  10. गोपिलाल तामाङ (एमाले)
  11. भिमबहादुर थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–११ (माओवादी)
  12. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
  13. नवराज थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–१३ ( एमाले)
  14. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)