उमाकुण्ड गाउँपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसकि उम्मेद्वार बिजयी

| जेठ ५, २०७९ बिहिबार

A A A
A A A

५ जेठ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका प्रमुखमा नेकपा (एमाले) का उम्मेद्वार र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार बिजयी भएका छन् । पालिका प्रमुखमा कांग्रेसका उम्मेद्वार जितबहादुर कटुवाललाई हराउदै निवर्तमान पालिका प्रमुख समेत रहेका एमालेका उम्मेद्वार शेरबहादुर सुनुवार बिजयी भएका हुन् । 

 

प्रमुखमा निर्वाचित सुनुवारले तीन हजार ७ सय २८ मत प्राप्त गरे भने उनका प्रतिस्प्रर्धी कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । 

 

त्यस्तै उपाध्यक्षमा कांग्रेसकी नेतृ सुनुवारले २ हजार ९ सय २२ मत भोट पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेद्वार गंगा कार्कीले २ हजार ८ सय ३४ भोट पाइन् । सुनुवारले कार्कीलाई ८८ भोटको मतान्तरले जितेकी हुन् । 

 

सामाजिक क्षत्रमा निकै लामो समय काम गरेकी सुनुवार कांग्रेस पार्टीले मात्रै जनता र देश विकास गर्न सक्छ भन्ने बताउछिन् । उनले आफूले आमजनता सामू भोट माग्दा गरेका बाच नभुल्ने स्मरण गरिन् ।
उमाकुण्ड गाउँपालिकाका निर्वाचित वडा अध्यक्षहरु

१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)

२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)

३. गुण कुमार थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)

४. मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति (माओवादी)

५. कुलबहादुर बस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–५ (एमाले)

६. भरतराज खड्का, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–६ (कांग्रेस)

७.रुद्रमणि नेवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–७ (एमाले)