रामेछाप नगरपालिका फेरी पनि कांग्रेसकै पोल्टामाः न्यौपाने र कार्की बने बिजयी

| जेठ ५, २०७९ बिहिबार

A A A
A A A

५ जेठ, रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछाप नगरपालिका नेपाली कांग्रेसले फेरी पनि आफ्नो पोल्ट्रोमा पारेको छ । गत ०७४ को निर्वाचनमा पनि कांग्रेसले जितेको नगरपालिका यो पटकको निर्वाचनमा पनि बहुमतसहित आफ्नो पोल्ट्रोमा पारेको हो । 

 

गत वैशाख ३० गते भएको मतदानमा नेपाली कांग्रेसका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने र नेतृ बालाकुमारी कार्की सान्दार मतसहित बिजेता भएसंगै नगरमा कांग्रेसले आफ्नो दोस्रो जित निकालेको हो । 

 

उनीहरुले नेकपा एमालेका उम्मेद्वार रोशन पाख्रिन र सिता केसीलाई पराजित गर्दै प्रमुख र उपप्रमुख जितेका हुन् । न्यौपानेले ६ हजार ६ सय ३९ मत पाएर बिजयी भएका हुन् भने उपप्रमुख कार्कीले ६ हजार ६ सय ४० मत पाएकि छन् । 

 

यो नगरपालिका गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु नरबहादुर थापा मगर र सिर्जना खड्कासहितको टिमले त्यहाँ राम्रो काम गर्दा बागमती प्रदेशकै उत्कृष्ठ घोषित भएको नगर पनि हो । 

 

९ वटा वडा रहेको रामेछाप नगरपालिकामा  ७  वडा कांग्रेसले र दुई वडामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । त्यहाँ नेकपा एमालेले एक सिट पनि जित्न सकेन । 
 

यी हुन रामेछाप नगरपालिकाका निर्वाचित वडाअध्यक्षहरुः

१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)

२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)

३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)

४. कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ (कांग्रेस)

५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ (कांग्रेस)

६. राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ (कांग्रेस)

७.समिर कार्की, वडाअध्यक्ष, रामेछाप नगरपालिका–७ (कांग्रेस)

८.सन्तोष तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–८ (कांग्रेस)

९.चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–९ (माओवादी)