लिखु तामाकोशी गाउँपालिका प्रमुखमा कांग्रेसका महत र उपप्रमुखमा एमालेकि पाख्रिन बिजयी

| जेठ ५, २०७९ बिहिबार

A A A
A A A

५ जेठ, रामेछाप । लिखु तामाकोशी गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार बिजयी भएका छन् । प्रमुखमा कांग्रेसका केशव महत एमालेका उम्मेद्वार कमलप्रसाद कडरियालाई हराउदै बिजयी भएका हुन्, भने उपप्रमुखमा कांग्रेसकी सरस्वती गुरुङ् (खड्का) लाई पछि पार्दै एमालेकी पाख्रिन बिजयी भएकी हुन् । 

 

प्रमुखमा बिजयी कांग्रेसका महतले ५ हजार एक सय १२ मत ल्यार बिजयी भएका हुन् भने एमालेकि पाख्रिनले ४ हजार १ सय २६ मत पाएकि हुन् । 

 

बिना गठबन्धन चुनावी प्रतिस्पर्धा भएको लिखु तामाकोशीमा प्रमुख र उपप्रमुखमा एमालेले सुरुवाती अग्रता लिएको थियो । त्यसलाई उल्ट्याउदै कांग्रेसले प्रमुखमा जित हाँसिल गरेको हो ।

 

त्यहाँ ०७४ को निर्वाचनमा दुवै पदमा एमालेका उम्मेद्वार बिजयी भएका थिए । तत्कालिन निर्वाचित् जनप्रतिनिधिले जनअपेक्षित काम गर्न नसक्दा, जनप्रतिनिधिनै एक अर्कामा आरोप प्रत्यारोपमा लिप्त हुँदा ५ वर्ष जनप्रतिनिधिले बजेट समेत समयमा ल्याउन नसकि बिताए । 

लिखुतामाकोसी गाउँपालिकाका निर्वाचित वडा अध्यक्षहरु

१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)

२. सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु (एमाले)

३. गोपालराज तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–३ (माओवादी)

४.दिपक कुमार मगर, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–४ (कांग्रेस)

५.रोम बहादुर तामाङ, वडाअध्यक्ष, लिखुताकोसी गाउँपालिका–५ (कांग्रेस)

६. शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–६ खिम्ती (एमाले

७. कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ (माओवादी)