दोरम्बा शैलुङ् गाउँपालिका प्रमुखमा माओवादीका मोक्तान र उपाध्यक्षमा कांग्रेसकि थापा मगर बिजयी

| जेठ ५, २०७९ बिहिबार

A A A
A A A

५ जेठ, रामेछाप । दोरम्बा शैलुङ् गाउँपालिकामा गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । त्यहाँ भएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनको टिम बिजयी भएको हो । 

 

योसंगै त्यहाँ पालिका अध्यक्षमा माओवादी केन्द्रतर्फका उम्मेद्वार मैनकुमार मोक्तान र उपाध्यक्षमा नेपाली कांग्रेसकि नेतृ युवा उम्मेद्वार खमला थापा मगर बिजयी भएका हुन् । मोक्तानले ६ हजार २ सय ७० र उपप्रमुखमा थापा मगरले ६ हजार ७ सय ८१ मतले जितेका छन् । त्यहाँ प्रमुखको भन्दा उपप्रुखको मत धेरै आएको छ । गत निर्वाचन ०७४ मा त्यहाँ माओवादी केन्द्र एकलैले चुनाव जितेको थियो । 

 

उनीहरुले नेकपा एमालेका उम्मेद्वारलाई पछि पार्दै फराकिलो मतान्तरसहित चुनाव जितेका हुन् । माओवादी केन्द्रको परिचित दोरम्बा शैलुङ् गाउँपालिकामा प्रमुख जितेसंगै माओवादी केन्द्रले जिल्लामा पहिलो पालिका प्रमुख पाएको छ ।  

 

गठबन्धन गरेर संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका उनीहरुले  जितपछि बोल्दै दोरम्बाको विकास र समृद्धिको लागि सबैलाई लिएर अगाडि बढ्ने पाइला सुरु भएको बताएका छन् । दिनरात लागेर दोरम्बालाई नमूना पालिका बनाउने प्रतिबद्धता जनाए । 

दोरम्बा शैलुङ गाउँपालिकाका निर्वाचित वडा अध्यक्षहरु 
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर (कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरा (कांग्रेस)
५. गंगालाल तामाङ (कमान) वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–५ गुन्साल (माओवादी)
६. टिका प्रसाद गौतम, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–६ (एमाले)
७. प्रविण मोक्तान, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–७ (माओवादी)